सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोसाक प्रयोग गर्ने २१२ जना सशस्त्र कर्मचारीमाथि कारबाही 

राजु अर्याल आईजीपी भएपछि १४ हजार ६ सय २१ जनाको बढुवा

लोकपथ
903
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोसाक प्रयोग गरेका सशस्त्र प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । 

सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार, २०८० सालदेखि हालसम्म यस्तो कार्यमा संलग्न २ सय १२ जना सशस्त्र प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ । उनीहरूको ओहोदा भने खुलाइएको छैन । 

यस्तै राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक भएपछिको हालसम्मको अवधिमा १४ हजार ६ सय २१ जना बढुवा भएका छन् । यस्तै १४ हजार ७ सय ३३ जनाको पदस्थापन, २५ हजार ३ सय ५६ जनाको सरुवा र ८ सय १५ जनाको सरुवा समायोजन भएको छ । 

अर्याल २०७९ साल बैशाख १९ गते सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । उनको ४ बर्से कार्यकाल २०८३ साल बैशाख १८ गते सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?