काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक (PI) र सहायक निरीक्षक (ASI) पदका लागि नयाँ भर्ना खुला गरेको छ । आज सार्वजनिक गरिएको सूचनाअनुसार प्रहरी निरीक्षकमा २१ जना र सहायक निरीक्षकमा ४३८ जनाका लागि आवेदन आह्वान गरिएको हो ।
योग्यता पुगेका इच्छुक नागरिकले प्रहरी निरीक्षकका लागि माघ ५ गतेसम्म तथा सहायक निरीक्षकका लागि माघ ८ गतेसम्म आवेदन दिन सक्ने सूचना प्रहरीले जारी गरेको छ ।
प्रहरीका अनुसार दरखास्त फारम, आवश्यक कागजात, परीक्षा विधि तथा योग्यता सम्बन्धी थप जानकारी नेपाल प्रहरीको आधिकारिक वेबसाइट र सम्बन्धित प्रहरी कार्यालयमा उपलब्ध गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया