काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयहरूमा जारी राजनीतिकरण अन्त्य गर्न ‘प्रधानमन्त्री नै कुलपति’ रहने व्यवस्था परिमार्जन गर्ने प्रक्रिया सुरु भएको बताएकी छन् ।
धुलिखेलमा बुधबार आयोजित काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो व्यवस्था परिवर्तनका लागि सरकारले सक्रिय पहल थालेको बताइन् ।
कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको नेतृत्वमा शिक्षाविद्, विभिन्न विश्वविद्यालयका कुलपति–उपकुलपति तथा सरोकारवालासँग गम्भीर परामर्श भइरहेको जानकारी दिइन् ।
उनका अनुसार ऐन संशोधनमार्फत प्राज्ञिक व्यक्तिलाई कुलपति बनाउने व्यवस्था गर्न सरकार लागेको छ । उनले भनिन्, ‘पछिल्लो समय प्रधानमन्त्री नै कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस भएको छ । शिक्षामन्त्री पुनले यस विषयमा शिक्षाविद् र विश्वविद्यालय नेतृत्वसँग निरन्तर गृहकार्य गरिरहनुभएको छ ।’
प्रधानमन्त्री कार्कीले यस्तो कदमले उच्च शिक्षामा रहेको राजनीतिकरणको परम्परा अन्त्य हुने विश्वास व्यक्त गरिन् ।
उच्च शिक्षाको सुधारमा काठमाडौं विश्वविद्यालयले देखाएको अनुकरणीय कार्यका लागि उनले प्रशंसा व्यक्त गर्दै अन्य विश्वविद्यालयलाई समेत त्यही बाटो पछ्याउन आग्रह गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया