काठमाडौं । विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
आइतबार विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो ।
अधिकारीलाई पुर्पक्षमा थुनामा पठाउन आदेश दिए पनि अधिकारीसँगै अनुसन्धानका लागि हिरासतमा रहेका क्यानका निर्देशक मुरारी भण्डारीलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिञ्चोकमा हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको बिगो मागदाबी गर्दै अधिकारी र भण्डारीसहित ५ जनाविरुद्ध गत मंसिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
जसमा अधिकारी र भण्डारी अनुसन्धानका लागि अख्तियारको नियन्त्रणमा थिए ।
त्यसो त अधिकारीविरुद्ध पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा आइतबार पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया