अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छ : प्रचण्ड

लोकपथ
0
Shares

जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले बाहेकको राजनीतिक समीकरण अन्य प्रदेशमा पनि बनाउनु आवश्यक रहेको बताएका छन् ।

शनिबार जनकपुरधाममा आयोजित एकता सभालाई सम्बोधन गर्दै दाहालले मधेसमा कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र मधेस केन्द्रित दलबिच नयाँ समीकरण बनेको बताए । उनले अब यस्तै समीकरण अन्य प्रदेशमा पनि बन्ने विश्वास व्यक्त गरे ।

कम्युनिष्ट पार्टीभित्रको एकता प्रक्रियालाई जारी राख्ने क्रममा दाहालले एमालेमा रहेका नेताहरुलाई समेत एकतामा सहभागी हुन आह्वान गरे । उनले भने, ‘अहिले पनि एमालेमा रहेका देशभक्त कम्युनिष्टहरुलाई नेकपामा सामेल हुन आह्वान गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?