अब निराश हुन आवश्यक छैन, मुलुकमा धुमधामका साथ समाजवाद आउँछ : माधव नेपाल

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले मुलुकमा अब समाजवाद धुमधामका साथ लागू हुने दाबी गरेका छन् ।

जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपालले समाजवादको प्रतिक्षा लामो समयदेखि भए पनि नआएकोमा निराश हुनु आवश्यक नभएको बताएका छन् । उनले भने, ‘अब निराश हुन आवश्यक छैन, हामी समाजवादको कार्यान्वयनमा दृढ छौँ ।’

नेपालले युवा, महिला, दलित, मुस्लिम र वृद्धहरुको अधिकारका लागि आवाज उठाउने आफैँहरू नै रहेको भन्दै सबैलाई नेपाली कम्युनिष्ट पार्टीमा सहभागी हुन आह्वान गरे। उनले जेनरेशन-जेड (जेनजी) पुस्ताले समेत नवगठित पार्टीमा विश्वास राखेको दाबी गरे ।

उनले भने, ‘शोषित, पीडित र मिटरव्याज पीडित वर्ग पनि नेपाली कम्युनिष्ट पार्टीप्रति आकर्षित छन्। यही दल सबैका लागि आशा र भरोसाको केन्द्र बनेको छ ।’

सभामा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले पनि मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?