काठमाडौं । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले आज सामाजिक सञ्जालमार्फत पार्टीबाट राजीनामा दिएको घोषणा गरेकी छिन् ।
हेटौडामा भएको सडक विस्तार परियोजनाको विरोध गर्दै उनले राजीनामा दिएको उल्लेख गरेकी छिन् । सडक विस्तारमा सरकारले बल प्रयोग गरेको र मानवअधिकारको उल्लङ्घन गरेको उनको आरोप छ ।
श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु। अरू अभियन्ता साथीहरूले के गर्नु हुन्छ ? मेरो नैतिकताले अनुमति दिँदैन। म हेटौडा पीडितको साथ छु ।’
राजीनामासँगै उनले पार्टी र सरकारको गतिविधि सम्बन्धी आफ्नो असहमति स्पष्ट पार्दै पीडितहरूको पक्षमा रहेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया