एनपीएल : सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य 

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई जितका लागि १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षति माझ १४७ रन जोड्यो।

टिमका लागि आरिफ शेख चम्किए उनले सर्वाधिक ४५ रन योगदान दिए। इशान पाण्डेले ३८ रन जोड्दै राम्रो साथ दिए भने जोश ब्राउनले २४, दीपेन्द्रसिंह ऐरीले १९ र विनोद भण्डारीले १५ रन बनाए ।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने उत्कृष्ट रहे । उनले ३ विकेट लिए भने प्रतिस जीसीले २ र बसिर अहमदले १ विकेट हात पारे ।

अब जितका लागि विराटनगर किङ्सले १४८ रनको लक्ष्य पछ्याउन मैदान उत्रिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?