एनपीएल : विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै

लोकपथ
84
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कप्तान सन्दीप लामिछानेले टस जित्दै सुदूरपश्चिमलाई पहिले ब्याटिङका लागि आमन्त्रण गरेपछि खेलमा रोमान्चक प्रतिस्पर्धाको माहोल बनेको छ ।

पहिले नै प्लेअफ सुरक्षित गरिसकेको दुवै टोली आज उत्कृष्ट प्रदर्शनमार्फत आफ्नो स्थान मजबुत बनाउन चाहन्छन् । विराटनगर किङ्सलाई शीर्ष–२ मा प्रवेश गर्न ठूलो अन्तरको जित आवश्यक रहनेछ । आजको नतिजाले उनीहरूको प्लेअफ रणनीतिमा निर्णायक मोड दिन सक्छ ।

उता, सुदूरपश्चिम क्रिकेट टिम भने यसअघि सबै खेल जितेर अपराजित जर्नीमै छ । आज पराजित भए पनि उनीहरू शीर्ष स्थानमै रहने पक्का भएको छ । त्यसैले टोली आफ्नो प्रभावशाली यात्रा कायम राख्ने उद्देश्यका साथ मैदान उत्रिएको छ ।

एनपीएलको शीर्ष स्थानका लागि दुवै पक्षको रणनीति र खेल योजना आज विशेष चासोको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?