एक्साइड ब्याट मोबाइल सेवा ५० हजार ग्राहकसम्म पुग्यो

लोकपथ
0
Shares

काठमाडौं । एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्याउँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एक्साइड ब्याटमोबाइलले एक्साइड ब्याट्री सेवा इतिहासकै मूल्यवान माइलस्टोनको रूपमा मानिएको छ ।

एक्साइड ब्याटमोबाइल सेवा सन् २००७ फेब्रुअरीमा सुरु भएको हो, जहाँ पहिलो महिनामा जम्मा २७ वटा कल प्राप्त भएका थिए । अहिले भने दैनिक २८ भन्दा बढी कलहरूको दरमा सेवा प्रदान भइरहेको कम्पनीले जनाएको छ।

सेवा सुरु भएको दिनदेखि आजसम्म र भविष्यमा पनि एक्साइड ब्याटमोबाइल सेवा अविराम, नरोकिने ढंगले निरन्तर सञ्चालनमा रहने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

यसलाई कम्पनीले “Like an Unbeatable King of Battery”भनेर वर्णन गरेको छ ।

एक्साइड ब्याट्री नेपालकै नम्बर एक ब्याट्री ब्रान्ड रहेको कम्पनीको दाबी रहेको छ । जुन नेपालकै प्रतिष्ठित कम्पनी सिप्रदी ट्रेडिङ प्रालिको सुपरभिजनमा सञ्चालन हुँदै आएको छ ।

ग्राहकहरूले Exide Batmobile सेवा नेपालमा उपलब्ध ‘एक मात्र पूर्णरूपमा निःशुल्क सेवा’ भएको प्रतिक्रिया दिएको कम्पनीले उल्लेख गरेको छ ।

एक्साइड ब्याट्री र सिप्रदी ट्रेडिङ प्रालि माथिको ग्राहकको भरोसा र विश्वासले कम्पनीलाई निरन्तर रूपमा सेवा विस्तार गर्न प्रेरित गर्दै आएको कम्पनीले जनाएको छ ।

सुरुवाती चरणमा एक्साइड ब्याटमोबाइल सेवा चार जना टेक्निसियन, दुई जना ड्राइभर, एक टेक्निसियन–कम–ड्राइभर र एक जना को–अर्डिनेटरसहित सञ्चालन भएको थियो । मारुती सुजुकी ओमनी भ्यानमार्फत काठमाडौं उपत्यकाभित्र बिहान ६ बजे देखि राति ९ बजे सम्म छुट्टीका दिनमा पनि सेवा सञ्चालन हुन्थ्यो । सेवा टेकु शोरुम बाट सुरु भएको थियो, पछि एक्साइड केयर सेन्टर पचली भैरवबाट सञ्चालन भयो र अहिले बागडोल एक्साइड केयर सेन्टर बाट सञ्चालन भइरहेको छ । कम्पनीले २०१६ फेब्रुअरीदेखि दुईवटा स्कुटरमार्फत सेवा विस्तार गरेको र हाल देशभरका ११ शाखाबाट एक्साइड ब्याटमोबाइल सेवा उपलब्ध गराइरहेको जनाएको छ। काठमाडौंपछि पोखरा र नारायणघाट क्षेत्रमा पनि सेवा माग तीव्र रूपमा बढिरहेको कम्पनीको भनाइ छ ।

एक्साइड ब्याटमोबाइल सेवा सबै कार तथा एसयूभी ब्याट्रीसँगै ईभी ट्याक्सीको लागि पनि निःशुल्क रूपमा स्टार्ट गरिन्छ । “HELP ON THE WAY; ANYTIME. ANY BATTERY.” भन्ने कम्पनीको नाराअनुसार यस सेवाले वर्षका ३६५ दिन काम गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, ५० हजार सेवा कलको यो उपलब्धि संस्थाका लागि अत्यन्तै महत्वपूर्ण सफलता हो । यस उपलब्धिमा प्राप्त मार्गदर्शनका लागि वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीलाई कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?