राजा, राजनीतिक दल र जेनजीबिच त्रिपक्षीय सम्झौता गरियोस् : ज्ञानेन्द्र शाही

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले नेपालमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शाहीले प्रदेश संरचना खारेज, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य स्थापना, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय बनाउने र भ्रष्टाचारीलाई आजीवन कारावासको मागसहित आन्दोलनको तयारी भइरहेको जानकारी दिएका हुन् ।

शाहीले जापान, बेलायत, नेदरल्याण्ड, अष्ट्रेलिया र क्यानडाजस्तो संवैधानिक राजसंस्था नेपालमा आवश्यक रहेको उल्लेख गरे । उनले राष्ट्रपतिको सट्टा संवैधानिक राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र भ्रष्टाचार नियन्त्रणमा कडा कदम आवश्यक भएको बताए ।

उनले जेनजी हत्यारालाई पक्राउ गरी जेल हाल्नुपर्ने माग गर्दै २३ गते हुने आन्दोलनमा देशभरिका नागरिकलाई सहभागिता जनाउन आह्वान गरे । शाहीले भने, ‘२३ गते आयोजक राप्रपा भए पनि सबैले राष्ट्रिय झण्डामा एकजुट भएर उपस्थित हुनुहोस् ।’

उनले  देशको संविधान, कानुन र ऐनमा कमजोरी रहेको र यदि माग पूरा भएन भने सडक आन्दोलन सुरु हुने चेतावनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?