भक्तपुरमा एमाले महाधिवेशनको तयारी सुरु

लोकपथ
77
Shares

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ ।

महाधिवेशनको उद्घाटन स्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनीको चौरमा बुधबार एमाले उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले निरीक्षण गरेका हुन् ।

उपमहासचिव ज्ञवाली, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम र अन्य नेताहरूले कार्यक्रममा सहभागी हुने स्थल र संरचनाको अनुगमन गरेका थिए ।

ज्ञवालीले उद्घाटन स्थलमा करिब दुई लाख कार्यकर्ता अट्ने क्षमतामा रहेको बताए । उनले महाधिवेशनमा करिब २,५०० प्रतिनिधि सहभागी हुने र उद्घाटन सत्रमा देशभरबाट करिब १,५०,००० भन्दा बढी कार्यकर्ताको उपस्थिति रहने अनुमान व्यक्त गरे ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मञ्च निर्माण र अन्य संरचनागत तयारीका लागि निरीक्षण गरिएको जानकारी दिए । मञ्च निर्माणदेखि करिब ६०० स्वयंसेवक पोसाकमा खटिनेछन् ।

एमालेले महाधिवेशनलाई उत्साहजनक र व्यवस्थित रूपमा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?