धोबीखोलामा साइकलसहित मृत फेला परेका पुरुषको सनाखत, ५० वर्षीय ललित गिरीको भएको पुष्टि

लोकपथ
1.1k
Shares

काठमाडौं । काठमाडौंको रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित एक पुरुष मृत अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बिहीबार बिहान काठमाडौं महानगरपालिका–२९ स्थित रुद्रमति पुल नजिक धोबी खोलामा शव भेटिएको हो ।

मृतकको पहिचान काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल शंखमुल बस्ने करिब ५० वर्षीय ललित गिरीका रूपमा भएको छ । 

मृतककी श्रीमतीले ललित गिरीको सनाखत गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृतक स्थायी रूपमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ बस्दै आएका थिए । घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?