कलेजबाट अध्ययन भ्रमणमा चितवन गएकी १८ वर्षीया स्नेहा पाख्रिनको छतबाट खसेर मृत्यु

लोकपथ
1.9k
Shares

 चितवन ।  चितवनको रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । 

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी हुन् । 

उनी  सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्थायी बासिन्दा हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?