काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा करिब एक दशकदेखि जडान गरिएको फलामको बार हटाइएको छ ।
पशुपति क्षेत्र विकास कोषले मन्दिर क्षेत्रलाई ऐतिहासिक पहिचानअनुसार व्यवस्थित गर्न थालेपछि बार हटाइएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिएका छन् ।
संस्कृतिविद् हरिप्रसाद सोडारीले पनि पशुपतिनाथ मूल मन्दिरभित्रको रेलिङ हटाइनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
सोडारीका अनुसार मन्दिरभित्र बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल वा प्रसाद नचढाइने जस्ता परम्पराविरुद्धका विकृति हटाउन पनि पहल आवश्यक रहेको छ ।
पुरातत्त्व विभागले विश्वसम्पदा क्षेत्रमा यस्ता संरचना राखिँदा मौलिक पहिचान हराउन सक्ने भन्दै हटाउन पत्राचार गरेको थियो । विभागका प्रमुख पुरातत्त्व अधिकृत सन्दीप खनालले पत्राचार गरेसँगै कोषले बार हटाउने कार्य अघि बढाएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया