क्यानका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रतिव्यक्ति १३ करोड ५७ लाख रुपैयाँको बिगो दाबी

लोकपथ
595
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले महानिर्देशक अधिकारी र पूर्वमहानिर्देशक मुरारी भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रतिव्यक्ति १३ करोड ५७ लाख रुपैयाँको बिगो दाबी गरिएको छ ।

७ जनालाई प्रतिवादी बनाइएको भएपनि अधिकारी र पूर्वनिर्देशक भण्डारीमात्रै पक्राउ परेका छन् । अन्य ५ जना फरार छन् । अधिकारी र भण्डारीलाई भने थुनामै राखेर मुद्दा थुनछेक गर्ने अख्तियारको तयारी छ । 

भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

ईआईए नगरी आयोजना निर्माण गरेको, निर्माणमा अनियमितता गरेकोलगायत कसुर स्थापित भएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?