एमाले जेनजी पुस्ताको रियल लिडर हो : विष्णुप्रसाद पौडेल

लोकपथ
392
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजी पुस्ताको रियल लिडर आफ्नो पार्टी भएको दाबी  गरेका छन् ।  प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।  

उपाध्यक्ष पौडेलले एमाले जेनजीको जायज आकंक्षा र अपेक्षाका विरुद्ध कहिल्यै नरहेको र नरहने समेत स्पष्ट पारे । 

एमाले कहिल्यै जेनजी विरुद्ध नरहेको उनको भनाई थियो । उपाध्यक्ष पौडेलले एमालेले सबै उमेर समूहका नागरिकहरूको प्रतिनिधित्व गरिरहेको जिकिर समेत गरे । 

उनले भने, ‘जेनजी उमेर समूहको रियल लिडर पनि एमाले हो भन्ने म दाबी गर्न चाहन्छु । एमालेले कहिल्यै पनि जेनजीका विरुद्धमा जेनजीका मागका विरुद्धमा, उनीहरूका न्यायिक र जायज आकांक्षा र अपेक्षाका विरुद्धमा एमाले थिएन र रहँदैन भन्ने कुरा स्पष्ट पार्न चाहन्छु । जहाँसम्म भदौ २३, २४ को सन्दर्भ छ । २३ गते जेनजीहरु जुन माग र मुद्दामा आएका थिए । उनीहरूले अघि सारेका माग चाहे सोसल मिडियाका कुरा गरौँ । सोसल मिडिया निर्वाध उपयोग गर्ने उनीहरूको माग हो । सोसल मिडिया कसरी रेगलेट गर्ने भन्ने विषयमा जेनजीहरुले माग राखेका होइनन् । उनीहरूको एउटै माग हामीले त्यसलाई निर्वाध उपयोग गर्न पाउनुपर्छ भन्ने थियो । यो नितान्त जायज माग थियो उनीहरूको ।’ 

उपाध्यक्ष पौडेलले सरकारले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन नसकेको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?