अपाङ्गता भएका व्यक्तिहरुमाथिको विभेद अन्त्य भएको छैन : सञ्चारमन्त्री खरेल

लोकपथ
119
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरुमाथिको विभेद अन्त्य नभएको बताएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले गणतन्त्रमा पनि अपाङ्गता भएका व्यत्तिहरुमाथिको विभेद अन्त्य हुन नसकेको बताए ।

उनले देशमा जनसंख्याको साढे दुई प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको बताए ।

तीमध्ये गम्भीर रुपमा अपाङ्गतामा भएका व्यक्तिहरु डेढ लाख जति भएको उनको भनाई छ । गम्भिर अपाङ्गता भएका व्यक्तिहरुको अवस्था नाजुक रहेको उल्लेख गर्दै उनले उनीहरुलाई राज्यले सहयोग गर्न नसकेको बताए ।

देशमा संघियता आएपनि अपाङ्गता भएका व्यक्तिहरुले संघियताको महशुस गर्न नपाएको उनको भनाई छ । उनीहरुले प्रयोग गर्ने समाग्रीहरु अझैपनि स्थानीय तहहरुमा सहज रुपमा नपाउने गरेको मन्त्री खरेलले बताए । यस्तै उनले राज्यका संयन्त्रहरु पनि अपाङ्गतामैत्री नभएको उल्लेख गरे ।

मन्त्री खरेलले सञ्चार मन्त्रालयले अपाङ्गमैत्री डिजिटल प्लेटफर्म तयार गर्न लागेको जानकारी दिए । त्यसको लागि आवश्यक सुझाव दिन उनले आग्रह गरे । उनले सरकार अपाङ्गता भएका व्यक्तिहरुको समस्याका बारेमा गम्भिर रहेको बताए ।

उनले भने, ‘गणतन्त्र नेपालको नागरिक र आज नेपाल सरकारको प्रवक्ता भईराख्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री भईराख्दाखेरि म निर्भिक रुपमा निर्भयताका साथ एउटा कुरा चाँही स्वीकार गर्छु यहाँहरुको सामुमा, त्यो के हो भने जतिसुकै विभेदको अन्त्य गर्‍यौँ भनेपनि यहाँहरुमाथीको विभेद अन्त्य भएको छैन ।’

मन्त्री खरेलले वर्तमान सरकारको मुख्य जिम्मेवारी सुशासन कायम गर्ने र तोकिएको समयमा निर्वाचन गराउने रहेको उल्लेख गरे ।

सोहीअनुसार सरकारले आफ्नो काम अगाडी बढाईरहको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?