काठमाडौं उपत्यकामा आज आंशिक बदली हुने

लोकपथ
126
Shares

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । 

काठमाडौं उपत्यकामा आज दिनभर आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ । 

आज बिहान यहाँको न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ ।

.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?