काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदैछ ।
प्रज्ञा भवन, कमलादीमा दिउँसो १ बजेदेखि ४ बजे सम्म हुने घोषणासभामा पार्टीले आफ्नो दीर्घकालीन दृष्टि, मूल ध्येय तथा ‘घोषणापत्र–२०८२’ प्रस्तुत गर्ने तयारी गरेको छ ।
ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङ कार्यक्रमका प्रमुख अतिथि हुनेछन् । पार्टीका अनुसार सभामा सैद्धान्तिक आधार, प्राथमिकता र आगामी कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गरिनेछ ।
पार्टीले मंसिर १२ गते जारी गरेको विज्ञप्तिमा आफूलाई दलहरूको भीडमा थपिएको साधारण पार्टी नभई, देशको ‘उज्यालो सपना’ पूरा गर्न सक्षम नेतृत्व, कार्यकुशलता र अनुभव बोकेको शक्ति भएको दाबी गरेको थियो । आम नेपाली जनताले भरोसा गर्ने नेतृत्व बनेर अघि बढ्ने लक्ष्य पनि पार्टीले दोहोर्याएको छ ।
युवा–जेनेरेसन (Gen Z) आन्दोलनले दिएको सक्रियताबाट प्रेरित पार्टीले समृद्ध राष्ट्र निर्माणका लागि परिणाममुखी संवाद र एकताको आह्वान गर्दै आजको घोषणा सभामार्फत औपचारिक यात्रा सुरु गर्न लागेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया