सहकारी पीडितहरू फेरि सडकमा, बचत फिर्ताका मागसहित बुद्धनगरमा प्रदर्शन

लोकपथ
154
Shares

काठमाडौं । सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ता गरिनुपर्ने मागसहित मंगलबार पनि काठमाडौंको बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । 

विगतमा भएका सम्झौता कार्यान्वयन नभएको र सरकार वार्तामै सीमित रहेको भन्दै पीडितहरूले आन्दोलित हुँदै आएको लामो समयपछि पुनः आन्दोलन सशक्त बनाइएको जनाएका छन् ।

पीडितहरूले सहकारीमा वर्षौँदेखि जम्मा गरेको रकम तत्काल फिर्ता पाउनुपर्ने, बचत हिनामिना गर्नेमाथि कडा कारबाही हुनुपर्ने तथा तत्कालीन सरकारले गरेको सम्झौता अविलम्ब लागू गर्नुपर्ने मागसहित प्रदर्शन जारी राखेका छन् ।

प्रदर्शनमा सहभागीहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘वचतकर्ताको सम्पूर्ण बचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो’, ‘भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौँ’, ‘सम्पूर्ण पीडितको बचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ’, ‘राजनीतिक नियुक्तिको आडमा सहकारीमा हुने दलाली बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

पीडितहरूको आरोप छ सरकारले वार्ता त गरेको छ, तर समस्याको समाधानका लागि ठोस कदम नचालेको कारण उनीहरू बाध्य भएर निरन्तर सडकमा निस्किनुपरेको छ ।

उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?