काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरुका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।
सिप्रदीले टाटा टियागो डट ईभीका लागि अहिलेसम्मकै आकर्षक योजना सार्वजनिक गर्दै ‘Greatest Offer of All Time’ अफर घोषणा गरेको हो ।
विशेष सुविधाले भरिएको यो अफर अन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन् ।
यस अफरको मुख्य आकर्षणअन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये बाली भ्रमण गर्ने जोडीका लागि, iPhone 17 Pro Max, वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् ।
योजनामा थप रूपमा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता मूल्यवान सुविधाहरू समेटिएका छन् ।
यी सुविधाले ग्राहकलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने विश्वास रहेको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा लोकप्रिय रूपमा स्थापित टाटा टियागो डट ईभी आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र किफायती सञ्चालन खर्चका कारण धेरै ग्राहकको प्राथमिकता बन्न सफल भएको छ । किफायती मूल्य र सहरी क्षेत्रको लागि उपयुक्त टाटा टियागो डट ईभी सुरूवाती मुल्य २७ लाख ४९ हजार रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया