आईएमई लाईफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

लोकपथ
315
Shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने बीमालेखहरुमा आर्थिक वर्ष २०८१–०८२ को लाति नयाँ बोनस कायम गरिएको कम्पनीले जनाएको छ ।

जसमा बीमाका पोलिसी अनुसार बोनसदर फरकफरक रहेको समेत कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सावधिक, सीमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिकको हकमा ९ वर्षसम्मको लागि ३२ हजार, १० देखि १४ वर्षसम्मको लागि पनि ३२ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै १५ देखि १९ देखि वर्ष बीमा अवधिका लागि ५२ हजार र २५ देखि २९ वर्षका लागि ६७ हजार तोकिएको छ । साथै ३० वर्ष वा सो भन्दा माथिको लागि ७० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सामूहिक जीवन बीमा पोलिसीका लागि ९ वर्षसम्म र १० देखि १४ वर्षसम्मका लागि ३२ हजार रुपैयाँ तोकिएको छ । १५ देखि १९ वर्षसम्म ४० हजार, २० देखि २४ वर्षसम्मका लागि ५५ हजार र २५ देखि २९ वर्षसम्मका लागि ७० हजार र ३० वर्ष वा सो भन्दा माथिका लागि ७५ हजार तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?