सवारी दुर्घटनामा ३ जनाको मृत्यु

लोकपथ
399
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो (आज) सुनसरीको इनरूवा नगरपालिका–२ स्थित को. ७ प ४९०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–१० जाल्पापुरका ३८ वर्षीय हारून अन्सारी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी बारामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–३ ना. ३ त १०९८ नम्बरको ट्याक्टरले मधेश प्रदेश ०३–०३२ प ९५९० नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–७ बस्ने २० वर्षीया ज्योती कुमारी गुप्ताको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरले उक्त मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई साइकललाई समेत ठक्कर दिई दुर्घटनाका भएको थियो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र साइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

यता कपिलवस्तुको महाराजगंज नगरपालिका–४ सुकलबरईपुर भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

भारतको यूपी ५५ एयू ३९७२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६० वर्षीया निर्मला बरईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छुट्टाछुट्टै घटनाको सम्बन्धमा सम्बन्धित जिल्लाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?