काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता घोषणा नेपालका लागि ‘कोसेढुंगा’ सावित हुने विश्वास व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित एनआरएनए अन्तर्राष्ट्रिय समितिको एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपाली जहाँ भए पनि नेपालको विकास र उन्नतिमा योगदान गर्न आग्रह गरिन् ।
प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीका हक–अधिकार र सुविधाको सुनिश्चितताका लागि सरकारले आवश्यक वातावरण बनाइने आश्वासन दिँदै भनिन्, ‘विदेशमा बसेर काम गर्दा दुःख पर्खिरहेको हुन्छ, तर मेहनतपछि सफलता पक्कै सम्भव छ । विदेशमा बस्ने नेपालीले माटोप्रतिको प्रेम कहिल्यै बिर्सिँदैनन्। आफ्नो मुलुकका लागि जे सम्भव हुन्छ, त्यो गर्नुस् ।’
उनले हालैका जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पदामा परेका क्षतिको समीक्षा आवश्यक रहेको उल्लेख गर्दै देशहितका लागि प्रवासी नेपालीको सुझाव र सहयोग अपरिहार्य रहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले प्रतिस्पर्धामूलक राजनीतिक अभ्यासमा जित–हारलाई स्वाभाविक रूपमा स्वीकार्नुपर्ने बताउँदै भनिन्, ‘निर्वाचनमा हार्नेले जित्नेलाई काम गर्न दिनुपर्छ। हार मानेर पनि अर्को अवसरका लागि सक्षम बन्ने गरी काम गर्नुपर्छ । राजनीतिक दलहरूले पनि एनआरएनएको एकताबाट सिक्नुपर्ने समय आएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया