काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा पोखरा एभेन्जर्सका जिमी निसमले आजको खेल निराशाजनक भए पनि आगामी खेलमा अझै सम्भावना रहेको बताएका छन् ।
निसमले पहिलो ब्याटिङ सहज नभएको र टोलीले १५० रन बनाएको अवस्थामा पनि आफ्नो प्रयास जारी राख्नुपर्ने बताए । बलिङका क्रममा जित निकाल्ने योजना भए पनि सफलता नपाएको उनले बताएका छन् ।
उनले भन्छन्, ‘आजको खेल निराशाजनक भए पनि हामीले सुधार गर्दै आगामी खेलमा राम्रो प्रदर्शन गर्ने अवसर छ ।’
पोखरा एभेन्जर्सले बाँकी खेलमा सुधार र जित हासिल गरेर प्लेअफमा पुग्ने लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया