एनपीएल : जनकपुर बोल्ट्सले टस जितेर ब्याटिङ गर्दै

लोकपथ
63
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ । जनकपुरले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स एनपीएलमा चौथो पटक एक–अर्कासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो संस्करणमा यी दुईबिच तीन खेल भएकोमा सुदूरपश्चिमले दुई खेल जित्यो भने जनकपुरले एक खेलमा जित हात पारेको थियो । लिग चरण र प्लेअफमा सुदूरपश्चिम विजयी भएको भए पनि फाइनलमा जनकपुरले बदला लिँदै सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो ।

आजको खेलका लागि दुवै टोलीले एक–एक परिवर्तन गरेका छन् । जनकपुरले कप्तान अनिल शाहलाई बाहिर राख्दै आदित्य महतोलाई पहिलो रोजाइमा समावेश गरेको छ । सुदूरपश्चिमले पनि नरेन साउँदको ठाउँमा मिलन बोहरालाई प्लेइङ–११ मा राखेको छ ।

दोस्रो संस्करणमा सुदूरपश्चिम उत्कृष्ट लयमा छ । उसले खेलेका सबै चार खेल जित्दै अपराजित टोलीको रूपमा तालिकाको शीर्षस्थानमा छ । अर्कोतर्फ, साविक विजेता जनकपुर भने यस सिजन लगातार तीन खेलमा पराजित हुँदै जितविहीन अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?