‘प्रत्यक्ष कार्यकारी राष्ट्रपति व्यवस्था नेपालका लागि घातक’

लोकपथ
623
Shares

काठमाडौं । पूर्वजलस्रोतमन्त्री तथा जलस्रोतविद् दीपक ज्ञवालीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था नेपालका लागि घातक हुने चेतावनी दिएका छन् । 

उनले यस्तो व्यवस्था लागू भए मुलुक नै संकटतर्फ धकेलिन सक्ने दाबी गरे ।

शनिबार काठमाडौंमा जेनजी एलाईन्स फर मोनार्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै ज्ञवालीले प्रत्यक्ष कार्यकारी शासनको प्रस्ताव राख्नेहरू नेपाललाई निरंकुशताको दिशामा लैजाने प्रयासमा रहेको आरोप लगाए ।

उनका अनुसार प्रत्यक्ष कार्यकारी प्रणालीले शक्ति पृथकीकरण र ‘चेक एन्ड ब्यालेन्स’ कमजोर बनाउँछ, जसका कारण मुलुकमा स्थिरताको सट्टा निरंकुशता जन्मिन सक्छ ।

ज्ञवालीले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी जतिको खतरनाक नेपालमा केही हुँदैन। त्यो लेण्डुपदोर्जे र जेलेन्स्की जन्माउने प्रपञ्च हो । अहिले पनि अप्रत्यक्षमा ओली र देउवा जस्ता नेताहरूको गतिविधि देख्नुभएको छ, प्रत्यक्ष भएको भए स्थिति झनै जटिल हुनेथियो ।’

उनले प्रत्यक्ष कार्यकारी प्रणाली देशलाई विदेशी प्रभाव र हस्तक्षेपको जोखिममा पार्ने दाबी गर्दै यसबारे गम्भीर बहस र सचेतना आवश्यक रहेको उल्लेख गरे ।

त्यस क्रममा उनले केपी शर्मा ओली र शेरबहादुर देउवालगायत नेताहरूले मुलुकलाई कमजोर बनाएको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?