काठमाडौं । राजावादीहरुले काठमाडौंको बिजुली बजारमा प्रदर्शन गरेका छन् । शाही युवा शक्ति नेपालको आयोजनामा शनिबार उनीहरुले प्रदर्शन गरेका हुन् ।
राजतन्त्र पुनःस्थापनाको माग राखी प्रदर्शन गरिएको हो । राजतन्त्र पुनःस्थापनाको लागि जनदबाब सिर्जना गर्न शान्तिपूर्ण प्रदर्शन गरिएको शाही युवा शक्ति नेपालले जनाएको छ ।
प्रदर्शनमा एक दर्जन बढी युवाहरु सहभागी थिए । पछिल्लो समय केही समूहहरुले राजतन्त्र पुनः स्थापनाको माग राखी प्रर्दशन गर्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया