हालको सरकार विगतकाे सरकारभन्दा फरक छैन : दुर्गा प्रसाईँ

लोकपथ
98
Shares

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले फागुन २१ मा निर्वाचन नहुने दाबी गरेका छन् । 

शनिबार उनले वर्तमान सरकारमा रहेका नेताहरू पनि भ्रष्टाचारमा विगतका सरकारभन्दा फरक नरहेको टिप्पणी गरेका छन् ।

प्रसाईँले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीमाथि सरकारी जग्गा मिचेको आरोपसमेत लगाउँदै आफूले हालसम्म कुनै अनियमितता नगरेको बताए ।

उनले भने, ‘चुनाव नै हुँदैन । चुनाव नहुने क्लियर छ । अहिलेको सरकारको नेतृत्वमा रहेकाहरूको जात एउटै हो । विगतका सरकारभन्दा फरक छैन । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको रहेछ । केको भ्रष्टाचारविरोधीहरु मैले कुनै अनियमितता गरेको छैन ।’

प्रसाईँले मंसिर २२ गते प्रधानमन्त्री कार्कीसँग आफ्ना मागहरूसहित भेटवार्ता गर्ने बताएका छन् । उनले वार्तापछि सरकारले आफ्नो मागको आधा मात्रै सम्बोधन गर्नेमा विश्वस्त रहेको उल्लेख गर्दै, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । उनले आफ्नो माग नाजायज नभएको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?