काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहित पौडेलले टस जितेसँगै पोखरा एभेन्जर्सलाई ब्याटिङमा आमन्त्रण गरेका हुन् ।
सुरुवाती दुई खेलमा पराजित भएको पोखराले पछिल्लो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै लय समातेको संकेत देखाएको छ । लगातार पराजयपछि आएको यो जितले पोखरालाई आत्मविश्वास दिलाएको छ ।
उता, लुम्बिनी लायन्सले भने पहिलो खेलमा जित निकाले पनि त्यसपछि तीन खेलमा लगातार हार व्यहोरेको छ । आजको खेलमा हारको क्रम तोड्दै विजयी लयमा फर्कने लक्ष्य लुम्बिनीको छ ।
दुवै टोलीको अहिले समान २ अंक छ । तर, लुम्बिनीले ४ खेल खेलेको छ भने पोखराले ३ खेल मात्रै खेलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया