काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक गम्भीर संकटतर्फ धकेलिँदै गएको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शनिबार एक स्टाटस सार्वजनिक गर्दै उनले राष्ट्रवादी शक्तिमाथि निरन्तर प्रहार भइरहेको आरोप लगाएका हुन् ।
पोखरेलले लेखेका छन्, ‘मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ। यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ। अघि बढौँ सम्भव छ।’
एमाले महाधिवेशन नजिकिँदै गएसँगै पार्टीभित्र नेतृत्वका विषयमा टिप्पणी–प्रत्याक्रमण तीव्र बनेका बेला पोखरेलको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।
नेताहरूले आफू अनुकूलको समूह र नेतृत्वलाई समर्थन वा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमै सक्रिय देखिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया