काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले खाडीका विभिन्न मुलुकमा श्रम गर्न जाने नेपालीहरुलाई भाडा छुट दिने भएको छ ।
नेपाल एयरलाइन्सले दमाम, दोहा, दुवई तथ क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिकहरुलाई यात्रामा विशेष छुट दिन दिन लागेको हो ।
आज विज्ञप्ति जारी गर्दै नेपाल एयरलाइन्सले तोकिएको गन्तव्यका उडानमा दशवटा सिटमा साविकको भाडामा १० प्रतिशत सहुलियत दिने निर्णय गरेको जनाएको छ।
श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयका टिकट काउन्टरबाट सेवा लिन सक्ने जनाइएको छ ।
‘नेपाल वायुसेवा निगमले काठमाडौंबाट रोजगारीका लागि दमाम, दोहा, दुवई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरुका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको छ । श्रमिक यात्रुहरुको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा १० वटा सिटमा साविकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय गरेको छ,’ नेपाल एयरलाइन्सले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया