२०२६ को जी–२० शिखर सम्मेलनमा दक्षिण अफ्रिकालाई निमन्त्रणा नगर्ने ट्रम्पको घोषणा

लोकपथ
259
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष फ्लोरिडाको मियामीमा आयोजना हुने समूह २० (जी–२०) शिखर सम्मेलनमा दक्षिण अफ्रिकालाई निमन्त्रणा नगर्ने निर्णय गरेका छन् ।

ट्रम्पले यससँगै दक्षिण अफ्रिकालाई दिइने सबै अमेरिकी सहायता र अनुदानहरू पनि तुरुन्तै रोक्ने घोषणा गरेका हुन् । उनले दक्षिण अफ्रिकामा गोरा मानिसमाथि हिंसा भइरहेको र उनीहरूको जमिन जथाभाबी कब्जा हुँदै आएको दाबी गरेका छन् ।

दक्षिण अफ्रिकी सरकारले यी आरोपहरू वर्षौँदेखि बारम्बार अस्वीकार गर्दै आएको छ । ट्रम्पको निर्णयले दुई देशबिचको कूटनीतिक सम्बन्धमा नयाँ तनाव सिर्जना हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?