एनपीएल : आज चार टोली मैदानमा उत्रने

लोकपथ
434
Shares

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । 

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

 चितवन चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले खेलमा दुई अंक मात्र बटुलेको छ । तीन खेलबाट दुई अंक  जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?