एसिसी यू–१९ प्रिमियर कप : अशोकको कप्तानी इनिङमा हङकङलाई नेपालको २७१ रनको चुनौती

लोकपथ
294
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा  जारी एसिसी यू–१९ प्रिमियर कपको दोस्रो खेलमा आज नेपालले हङकङलाई २७१ रनको चुनौती दिएको छ ।  

अजमान मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन बनायो । जसमा कप्तान अशोक धामीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७३ रनको योगदान गरे । त्यसैगरी दर्श सोनारले अविजित ४५, दिलसाद अलिले ३६ रन जोडे । अशोक र दर्शबीच १०८ रनको शतकीय साझेदारी समेत भयो । 

हङकङका अभिमन्यु गणेशन र डेनियल नक्साले २/२ विकेट हात पारे । नेपाल लगातार दोस्रो जितेको खोजीमा छ ।

यसअघि नेपालले पहिलो खेलमा साउदी अरेबियामाथि ८ विकेटको जित निकालेको थियो । १४ टोलीबीच चार समूहमा जारी प्रतियोगिताका चार समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् ।

जसमध्ये  पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली  एसिया कपका लागि छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?