गण्डकी प्रदेश प्रमुख भट्टद्वारा दुई विधेयक प्रमाणीकरण

लोकपथ
49
Shares

गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलका अनुसार, नेपाल संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन सम्बन्धी विधेयक र गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक २०८२ लाई प्रमाणीकरण गरेका हुन् ।

प्रवक्ता पौडेलले आज जारी गरेको विज्ञप्तिमा यो जानकारी सार्वजनिक गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?