नियुक्ति विवादपछि प्रधानमन्त्रीको कडाइ : सचिवालयको संरचना झनै साँघुरो

लोकपथ
203
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै सचिवालयमा भएको विवादपछि कर्मचारी संख्या ठूलो मात्रामा घटाउँदै ६ जनामात्र राख्ने निर्णय गरेकी छन् ।

प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमती र नातेदारलाई सचिवालयमा नियुक्ति गराएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको सुशासन प्रतिबद्धतामा प्रश्न उठेको थियो ।

त्यसपछि उनले बुधबार सचिवालयमा रहेका २० मध्ये १४ जनालाई हटाइदिएकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार अब सचिवालयमा ६ जना मात्र रहनेछन् ।

मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ प्रेस संयोजक, रामबहादुर रावल, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) केशव थापा, जनस्वास्थ्य विज्ञ (अवैतनिक) डा.मनबहादुर केसी मात्र सचिवालयमा रहनेछन् ।

यसअघि पूर्व प्रधानमन्त्रीहरूले ६६ जनासम्म सचिवालय विस्तार गर्ने गरे पनि कार्कीले सुरुदेखि नै २० जनामात्र राखेकी थिइन्। विवादपछि त्यसलाई झनै घटाएर ६ जनामा सीमित गरिएको हो ।

कस–कसलाई हटाइयो ?

१४ जनामध्ये हटाइएका मुख्य व्यक्तिहरू यसप्रकार छन्

प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठकी पत्नी संगीता श्रेष्ठ

नातेदार कमला श्रेष्ठ

सूचना प्रविधि तथा सञ्चार विज्ञ अरुण कटुवाल

युवा तथा सामाजिक विकास विज्ञ प्रदिप ज्ञवाली

स्वकीय शाखा अधिकृत रमेशराज दाहाल, अर्जित खड्का, आकृति घिमिरे

प्रशासन सहायक सृष्टी डंगोल, पुनम श्रेष्ठ, जुनु कार्की, एन्जलिना कायस्थ, रविना श्रेष्ठ

सवारी चालक हरिबाबु श्रेष्ठ र मिरा अधिकारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?