काठमाडौं । सर्वोच्च अदालतमा आगजनी गर्ने विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल ल क्याम्पसका पूर्व स्ववियु सभापति समेत रहेका ढुंगेल तत्कालीन माओवादी निकट अखिल क्रान्तिकारीका नेता समेत हुन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सर्वोच्च अदालतमा आगजनी गर्ने काममा भूमिका रहेको भन्दै प्रहरीले खोजिरहेको थियो । सोही समयमा उनले ‘अब सर्वोच्च अदालत जलाउनुपर्छ’ भन्दै अभिव्यक्ति दिएका थिए । सोही आधारमा उनलाई प्रहरीले खोजिरहेको थियो ।
ढुंगेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
यता जिल्ला प्रहरी परिसर काठमाडौंका एपसी पवनकुमार भट्टराईले भने पक्राउ परेको अपुष्ट जानकारी आएको लोकपथलाई जानकारी दिए ।
‘पक्राउ परेको भन्ने जानकारी आएको छ तर पुष्टि भइसकेको छैन, तर उहाँ हामीले खोजिगरिरहेको पात्र हुन्,’ उनले लोकपथसँग भने ।
त्यसो त सर्वोच्च अदालतले भवनमा आगजनी गर्नेहरुलाई खोजि गरी कारबाही गर्न प्रहरीमा निवेदन नै दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया