जनकपुरधाम । जनकपुरधाममा आज रामकलेवा समारोहसँगै सप्ताहव्यापी सीता–राम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ ।
महानगरीय जन्तीका रूपमा आएका साधुसन्तहरूलाई ५६ प्रकारका व्यञ्जन र मिठाइ खुवाएर बिदाइ गरिएको छ । यसअघि मंगलबार राम र सीताको वैवाहिक कार्यक्रम पश्चात रातभर जानकी मन्दिर प्रांगणमा विवाहको काज चलेको थियो ।
आज बालबालिकालाई प्रतिकात्मक रूपमा राम, लक्ष्मण, भरत र शत्रु धनको रूपमा प्रस्तुत गरी साधुसन्तहरूलाई दान–दक्षिणासहित बिदाइ गरिएको थियो। यसरी विधिवत रूपमा विवाहपञ्चमी महोत्सवको समापन गरिएको आयोजकहरूले बताएका छन् ।
मंसिर ४ गतेदेखि सुरु भएको महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौँ दिन मटकोर र छैटौँ दिन विवाहपञ्चमी मनाइएको थियो ।
त्रेतायुगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिमा भगवान् राम र सिताबिच विवाह भएको स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी यस महोत्सव भव्यताका साथ मनाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया