बुधबार कस्तो रहला देशभरको मौसम ?

लोकपथ
63
Shares

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ । हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

महाशाखाका अनुसार, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भू–भागमा मौसम प्रायः सफा रहनेछ ।

आज दिउँसो पनि कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ, बाँकी क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ । राति पनि देशभर मौसम प्रायः सफा रहने महाशाखाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?