एनपीएल : विराटनगर किङ्स र चितवन राइनोजबिच खेल हुँदै

लोकपथ
168
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र चितवन राइनोज आमनेसामने हुने भएका छन् । त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो ४ बजेबाट खेल सुरु हुनेछ ।

लगातार तीन खेलमा विजय हात पारेको विराटनगर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । उत्कृष्ट लयमा देखिएको टोली आज चौथो जितको खोजीमा मैदान उत्रनेछ ।

उता, पाँचौँ स्थानमा रहेको चितवन राइनोजले भने तीन मध्ये एक खेलमा मात्र जित हासिल गर्न सकेको छ । तालिकामा उक्लने लक्ष्यसहित राइनोज आजको खेलमा जित निकाल्न प्रतिबद्ध छ ।

आजको भिडन्तले अंक तालिकामा महत्वपूर्ण असर पार्ने भएकाले दुवै टोली दबदबा जमाउने प्रयासमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?