निजामति क्षेत्रमा मुख्यसचिव अर्यालले दिएको योगदान अनुकरणीय : प्रधानमन्त्री कार्की

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य अवकाशमा जान लागेका मुख्यसचिव एकनारायण अर्यालको योगदानलाई अनुकरणीय रहेको बताएकी छन् ।  

मंगलबार सिंहदरबारमा आयोजित बिदाइ समारोहलाई सम्बोधन गर्दै उनले अर्यालको मेहनत, समर्पण र प्रशासनिक नेतृत्वले निजामती सेवामा उच्च उदाहरण स्थापित गरेको उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले लक्ष्यप्रति अर्यालले देखाएको प्रतिबद्धता, अनुशासित कार्यशैली र दीर्घ अनुभवले प्रशासनमा महत्त्वपूर्ण छाप छोडेको बताइन् । उनका अनुसार अर्याल अत्यन्तै मेहनती र परिश्रमी प्रशासक हुन् ।

उनले भनिन्, ‘उनले लक्ष्य प्राप्तिका लागि गरेको प्रयास अनुकरणीय छ । निजामती सेवामा असल र कुशल प्रशासकको रूपमा आफ्नो छाप छोड्नुभएको छ । मुख्यसचिवज्यूसँग अझै २० वर्षसम्म काम गर्नसक्ने क्षमता देखिन्छ ।’

प्रधानमन्त्रीले अर्यालसँग काम गर्दा आफ्नै भाइजस्तो महसुस भएको र त्यसले कार्यसम्पादनमा सहजता ल्याएको पनि बताइन् । बुधबारदेखि अर्याल अनिवार्य अवकाशमा जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?