काठमाडौं । सिंहदरबार प्रवेश गर्न खोजेका जेनजी समूहलाई प्रहरीले हटाएको छ ।
मंगलबार दिउँसो जेनजी आन्दोलनमा रहेका युवाहरूको एक समूह सरकारले ध्यान दिनुपर्ने मागसहित सिंहदरबार छिर्न प्रयास गरेका थिए । तर सुरक्षा व्यवस्थाका लागि खटिएको प्रहरी टोलीले उनीहरूलाई मुख्य प्रवेशद्वारमै रोकेर पछाडि हटाएको हो ।
प्रहरीका अनुसार प्रशासनिक क्षेत्रभित्र अनधिकृत प्रवेश निषेध भएकाले रोकिएको बताइएको छ ।
जेनजी समूहले भने सरकारसँग संवादको वातावरण नबनेको आरोप लगाउँदै आफ्ना मागहरू सम्बोधन गर्न दबाबमूलक गतिविधि जारी राख्ने चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया