प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न आयोग जाँदै एमाले

लोकपथ
140
Shares

काठमाडौं । नेकपा एमालेले फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने तयारीसँगै दल दर्ता प्रक्रियालाई औपचारिक बनाउने भएको छ । यसका लागि एमाले मंगलबार निर्वाचन आयोगमा दल दर्ता गर्न जाँदैछ ।

एमाले केन्द्रीय नेतृत्वका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता बाँकी रहेकाले आज आयोगमा उपस्थित हुने तय भएको हो । यसअघि पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि मात्र दल दर्ता गरेको थियो ।

यसैबिच, पार्टी अध्यक्ष केपी शर्मा ओलीले नागरिक दैनिकका प्रधान-सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा एमाले निर्वाचनमा जाने भए पनि पार्टीको मुख्य एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना नै रहेको स्पष्ट पारे । उनका अनुसार प्रतिनिधि सभा पुनर्स्थापना मुद्दासँगै निर्वाचन तयारी अघि बढाइरहेका छन् ।

सोही मागसहित एमाले पछिल्ला दिनमा सडक प्रदर्शन, भेला तथा सभामा सक्रिय छ। विघटित प्रतिनिधि सभाको बैठक बसेर विघटनबारे संवैधानिक परीक्षण हुनुपर्ने एमालेको धारणा छ । तर, सो विषयमा सर्वोच्च अदालतमा पार्टीले अहिलेसम्म रिट दर्ता गराएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?