रास्वपा काठमाडौं जिल्ला सभापति विष्टले लिए राजीनामा फिर्ता

लोकपथ
448
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले पार्टीमा दिएको राजीनामा फिर्ता लिएका छन् ।

विष्टले आफ्नो कार्यव्यस्तता देखाउँदै आइतबार प्रदेश कार्यसमिति मार्फत् केन्द्रीय महामन्त्रीलाई राजीनामा बुझाएका थिए । सोमबार विष्टले आफूले पुनः राजीनामा फिर्ता गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्टले पदबाट दिनुभएको राजिनामा आज मिति २०८२ मङ्सिर ८ गते फिर्ता लिनुभएको जानकारी गराइन्छ,’ उनले भनेका छन् ।

उनले आफूले दिएको राजीनामा महामन्त्रीसम्म पुगेको र आफूलाई महामन्त्री, कार्यवाहक सभापतिसहित जिल्ला कार्यसमितिले समेत तत्काल पदबाट राजीनामा नदिन आग्रह गरेका कारण राजीनामा फिर्ता लिएको बताए । साथै आगामी दिनमा पार्टीलाई थप सुदृढ बनाएर अघि बढ्ने समेत प्रतिबद्धता जनाएका छन् ।

साथै पार्टी सभापति रवि लामिछानेले पार्टी छाडे पनि आफूले नछाड्ने दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?