नेपाल प्रहरीका तीन डीआईजीको जिम्मेवारी हेरफेर, को कहाँ ?

लोकपथ
700
Shares

काठमाडौं । नेपाल प्रहरीका ३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको जिम्मेवारी हेरफेर भएको छ ।

सोमबार गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय निर्णय अनुसार तीन डीआईजीको सरुवा तथा जिम्मेवारी हेरफेर भएको हो ।

हाल प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा रहेका डीआईजी विनोद घिमिरेलाई कोशी प्रदेश पठाइएको छ । कोशी प्रदेश प्रमुख रहेका ईश्वर कार्की प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएसँगै रिक्त स्थानमा घिमिरेलाई पठाइएको हो ।

त्यस्तै डीआईजी दिलिप सिंह देउवालाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ ।

देउवा हाल नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा कार्यरत रहेका थिए ।

देउवाको ठाउँमा डीआईजी दिपककुमार बस्नेतलाई पठाइएको छ । डीआईजीद्वय देउवा र बस्नेतको एकअर्काको जिम्मेवारी हेरफेर गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?