पंकज मसलाको झोलाभित्र भेटियो १५ लाख, पक्राउपछि खुल्यो हुण्डी कारोबारको नालीबेली

लोकपथ
707
Shares

काठमाडौं । पर्सा प्रहरीले स्रोत नखुलेको १५ लाख हुण्डीको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर नगरपालिका–१ का ३४ वर्षीय अवधेश पटेल रहेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको टोलीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले भारतको बीआरमा दर्ता भएको भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेका थिए ।

उनले उक्त मोटरसाइकलको लेगार्डमा पंकज मसला लेखिएको झोलामा अवैध रुपमा राखेको पैसा लुकाएको जिप्रका पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

डीएसपी बस्नेतका अनुसार नेपाली १ हजार दरका ७९० थान गरी ७ लाख ९० हजार, ५ सयका नोट १३०१ थान गरी ६ लाख ५० हजार ५ सय गरी अन्य रकमसहित १५ लाख रुपैयाँसहित पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?