सुर्खेत । सुर्खेतको काँक्रेविहार जंगलमा सोमबार बिहान युवायुवती मृत भेटिएका छन् । मृतक युवक अन्दाजी २१ वर्ष र युवती २० वर्षको रहेको प्रहरीको अनुमान छ । उनीहरू जंगलको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार जंगलमा बिहान करिब साढे ११ बजे उनीहरू मृत भेटिएका हुन् । मृतकहरूको पहिचान हुन सकेको छैन ।
घटनाबारे जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान गरिरहेको र शवको मुचुल्का तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया