काठमाडौं । डोटीको भूकम्पपीडितका समस्या तथा जिल्लाका लामो समयदेखि अलपत्र पूर्वाधार निर्माण योजनासम्बन्धी विषयहरू उठाउँदै भौतिक पूर्वाधार, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराइएको छ ।
डोटीका युवा हर्क बोहरासहितको टोलीले सोमबार मन्त्री शहरीविकास मन्त्री समते रहेका घिसिङलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
पुर्वीचौकी गाउँपालिका स्थायी घर भई अध्ययन सिलसिलामा काठमाडौंमा रहेका बोहरा जेनजी युवाको तर्फबाट मन्त्रालय पुगेका थिए ।
बोहराले ध्यानाकर्षण पत्रमार्फत खुटिया–दिपायल द्रुतमार्ग विगत लामो समयदेखि बजेट अभाव र कर्मचारीको लापरवाहीका कारण निर्माण कार्य अघि नबढेको भन्दै तत्काल प्रभावकारी पहल गर्न आग्रह गरेका छन् ।
त्यस्तै, आदर्श गाउँपालिका–७ र सायल गाउँपालिका–१ छपाली हुँदै डोटी–बझाङ जोड्ने मोटरेबल पुल निर्माणका लागि अघिल्लो सरकारले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरे पनि हालसम्म काम सुरु नहुनु दुःखद भएको बताइएको छ।
यता शिखर नगरपालिकास्थित सेती नदीमाथिको बानेडुङ्रीसैन (सातनाली) पुल १० वर्षदेखि अलपत्र रहेको उल्लेख गर्दै, त्यसले क्षेत्रीय यातायात तथा आर्थिक गतिविधिमा ठूलो असर पारेको बोहराले ध्यानाकर्षण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया